Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा


२९ ,श्रावण ,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।

आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो ।

छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी र प्रतिश जिसी रहेका छन् ।

त्यसैगरी किशोर महत्तो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छानिएका छन् । पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

त्यस्तै समूह बीमा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपालले र पाकिस्तानबीचको पहिलो खेल आगामी भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारत बीचको खेल भने श्रीलङ्कामा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?