Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली पुष्टि भएपछि रिहा


२९ श्रावण, काठमाडाैँ । नक्कली शैक्षिक प्रमाणपत्र लिएर काम गरेको अभियोगमा पक्राउ परेका एक डाक्टर रिहा भएका छन् ।

सो अभियोगमा श्रावण २५ गते पक्राउ परेका परा गाउँपालिका–८, महोत्तरीका डा. रञ्जितकुमार यादव प्रमाणपत्र सक्कली भएको पुष्टि भएसँगै रिहा भएका हुन् ।

नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । तर, नाम र थर मिल्न जाँदा गलत व्यक्ति पक्राउ परेको पुष्टि भएसँगै यादव रिहा भएका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएर काम गरेको अभियोगमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । त्यसमध्ये नेपाली कांग्रेसका सांसद सुनील शर्मा सहित केही रिहा भइसकेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?