Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा विभाग र काठमाडाैँ विश्वविद्यालयले गरे हस्ताक्षर


२८ श्रावण, काठमाडाैँ । खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत विद्यार्थीको क्षमता अभिवृद्धि, खनीज सम्बन्धी तालिम प्रदान गर्नका लागि विभागबाट भइरहेको कार्यमा सहकार्य गर्नेसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा विभागको तर्फबाट महानिर्देशक रामप्रसाद घिमिरे र विश्वविद्यालयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलबीच हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा विभागको तर्फबाट विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने, विभागमा रहेका पूर्वाधारलाई विद्यार्थीले प्रयोग गर्न सक्ने, भविश्यमा खानी तथा भूगर्भसम्बन्धी अध्ययनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विद्यार्थीलाई तालिम तथा गोष्ठि उपलब्ध गराउनेलगायत उल्लेख छ ।

कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले नेपालमै खानी इन्जिनियरिङको पढाइ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै सम्झौतापत्रले नेपालको खानी इन्जिनियरिङको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँ विश्वविद्यालय खानी इन्जिनियरिङमा उत्पादित विद्यार्थीलाई सहयोग गर्न विभाग तयार रहेको उनले बताए ।

सरकारले काठमाडौँ विश्वविद्यालयमा खानी इन्जिनियरिङ अध्ययन विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नेबारे आवश्यक छलफल गरिरहको महानिर्देशक घिमिरेले बताए ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयले खानी इन्जिनीयरिङको पढाईमा परिणाम आउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खानी इन्जिनीयरिङको पढाईलाई अगाडि बढाउन सरकारको साथ र सहयोग पाएको बताए ।

उपकुपति प्रा डा थापाले देशको आवश्यकतालाई ख्याल राखेर इन्जिनियरिङ काउन्सिलले स्वीकृति दिएर सराहनीय काम गरेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले देशको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । हाल स्नातक तहमा ३० विद्यार्थी खानी इन्जिनियरिङमा अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?