Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेविसंघ काठमाडौँ अध्यक्षमा अंशुल केसी नियुक्त


२८ श्रावण, काठमाडाैँ । नेपाल विद्यार्थी संघकाे काठमाडाैंकाे अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन् । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई अध्यक्ष नियुक्त गरेका हुन् । केसी कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।

यसअघि मनिष डँगाेल अध्यक्ष रहेकाेमा उनलाई केन्द्रीय सदस्य मनाेनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएकाे छ । केसी प्रतिनिधि सभा निर्वाचनमा नेविसंघकातर्फबाट काठमाडौं क्षेत्र नं १ निर्वाचन परिचालन समितिका संयाेजक थिए । संगठनभित्र पकड रहेका केसीले काठमाडौंमा नेविसंघलाई सशक्त बनाएर लैजाने बताए ।

‘काठमाडौं जिल्लालाई नेविसंघको किल्लाकाे रूपमा विकास गरेर लैजाने छु’, नवनियुक्त अध्यक्ष केसीले भने, काठमाडौंमा नेविसंघको संगठनलाई थप सुदृढ र सशक्त बनाएर अघि बढाउनेछु ।’ नेविसंघका जिल्ला समितिहरूमा काठमाडौं जिल्ला समितिलाई सबैभन्दा बलियाे मानिन्छ । नेपाल कमर्श क्याम्पस मिनभवनका नेविसंघ नेता केसी काठमाडौं जिल्लामा विद्यार्थी राजनीतिमा लाेकप्रिय मानिन्छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?