Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेविसंघ काठमाडौँ अध्यक्षमा अंशुल केसी नियुक्त


२८ श्रावण, काठमाडाैँ । नेपाल विद्यार्थी संघकाे काठमाडाैंकाे अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन् । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई अध्यक्ष नियुक्त गरेका हुन् । केसी कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।

यसअघि मनिष डँगाेल अध्यक्ष रहेकाेमा उनलाई केन्द्रीय सदस्य मनाेनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएकाे छ । केसी प्रतिनिधि सभा निर्वाचनमा नेविसंघकातर्फबाट काठमाडौं क्षेत्र नं १ निर्वाचन परिचालन समितिका संयाेजक थिए । संगठनभित्र पकड रहेका केसीले काठमाडौंमा नेविसंघलाई सशक्त बनाएर लैजाने बताए ।

‘काठमाडौं जिल्लालाई नेविसंघको किल्लाकाे रूपमा विकास गरेर लैजाने छु’, नवनियुक्त अध्यक्ष केसीले भने, काठमाडौंमा नेविसंघको संगठनलाई थप सुदृढ र सशक्त बनाएर अघि बढाउनेछु ।’ नेविसंघका जिल्ला समितिहरूमा काठमाडौं जिल्ला समितिलाई सबैभन्दा बलियाे मानिन्छ । नेपाल कमर्श क्याम्पस मिनभवनका नेविसंघ नेता केसी काठमाडौं जिल्लामा विद्यार्थी राजनीतिमा लाेकप्रिय मानिन्छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?