Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर


२८ ,श्रावण ,भोजपुर । वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ ।

मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।

मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

प्रवेशद्धारमै सडक भासिँदा गाउँपालिकावासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । पहिराका कारण सडक भासिँदा रु दुई करोड बढीको क्षति भएको उनले जानकारी दिए ।

“सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ”, उनले भने, “अधेँरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ । सडक भासिँदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ । पहिराले यहाँ रु दुई करोड बढीको क्षति भएको देखिन्छ ।”

सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्बन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनःनिर्माणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

गाउँपालिका केन्द्र हुँदै अधेँरीघाट जोड्ने मुख्य सडक अवरोध भएकाले संघीय सरकारको पनि यसमा ध्यान जानुपर्ने अध्यक्ष राईको भनाइ छ । “क्षतिका विषयमा संघीय सरकारलाई जानकारी गराएका छौँ”, उनले भने, “यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन । पहिराका कारण सडक अवरोधले स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।”

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडामा यातायात सञ्चालनमा समस्या भएको उनको भनाइ छ । सडकका कारण यहाँका वडा नं २ तिवारीभञ्याङ, वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्माका नागरिक प्रत्यक्ष समस्यामा परेको अध्यक्ष राईले जानकारी दिए ।

“सडक अवरोध हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा यातायात सेवामा समस्या भएको छ”, अध्यक्ष राईले भने, “पहिरो जाने क्रम जारी छ । यसले अझ बढी क्षति गर्ने अवस्था छ । यो सडकका लागि हालसम्म केन्द्र र प्रदेश सरकारबाट पनि कुनै सहयोग आएको अवस्था छैन ।”

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन् । यातायात सञ्चालनमा समस्या रहेकाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाँडो मर्मत गर्नका लागि जानकारीसमेत गराएका छन् ।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले पनि स्थलगत अनुगमन गरेको छ ।

उक्त ठाउँमा थप क्षति हुनबाट बचाउनका लागि सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीबाट पञ्चकन्या कृषि सडकको दूरी करिब ३५ किलोमिटर रहेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?