Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा १०० बिधार्थीहरुलाई साम्रगी वितरण


२७ श्रावण, भक्तपुर । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानले बिगतका बर्षमा भैं यस बर्ष भक्तपुरको बालकोटमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसका पूर्वनेता  तथा शिक्षासेवी स्व. कार्कीको १६ औं स्मृति दिवसको अबसरमा प्रतिष्ठानले खुल्ला रक्तदान एवंम स्टेसनरी सामग्री वितरण कार्यक्रमको अयोजना गरेको हो ।

नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएकोकार्यक्रममा प्रतिनिधिसभा सदस्यदय दुर्लभ थापा र रमा पौडेल, मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, चागुनारायण नगरपालिका मेयर जिवन खत्री, सुर्य बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदिप कार्की लगायतका उपस्थिती रहेको थियो ।

स्व. श्याम बहादुर कार्कीको तस्बिरमा माल्र्यापण गर्दै महामन्त्री थापाले कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए भने वडा अध्यक्ष प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीको समाजप्रतिको योगदान र उनको संघर्षबारे चर्चा गरेका थिए । कार्यक्रममा ११० जनाले रक्तदान गरेको र गणेश आधारभुत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिदै आगामी दिन प्रतिष्ठानले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा स्थानिय तह र सरोकार निकायहरुसग समेत सहकार्य गदै जाने बताउनु भयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा बालकोट उपशाखाको प्राबिधिक सहयोगमा संचालन भएको हो ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?