Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा १०० बिधार्थीहरुलाई साम्रगी वितरण


२७ श्रावण, भक्तपुर । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानले बिगतका बर्षमा भैं यस बर्ष भक्तपुरको बालकोटमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसका पूर्वनेता  तथा शिक्षासेवी स्व. कार्कीको १६ औं स्मृति दिवसको अबसरमा प्रतिष्ठानले खुल्ला रक्तदान एवंम स्टेसनरी सामग्री वितरण कार्यक्रमको अयोजना गरेको हो ।

नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएकोकार्यक्रममा प्रतिनिधिसभा सदस्यदय दुर्लभ थापा र रमा पौडेल, मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, चागुनारायण नगरपालिका मेयर जिवन खत्री, सुर्य बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदिप कार्की लगायतका उपस्थिती रहेको थियो ।

स्व. श्याम बहादुर कार्कीको तस्बिरमा माल्र्यापण गर्दै महामन्त्री थापाले कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए भने वडा अध्यक्ष प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीको समाजप्रतिको योगदान र उनको संघर्षबारे चर्चा गरेका थिए । कार्यक्रममा ११० जनाले रक्तदान गरेको र गणेश आधारभुत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिदै आगामी दिन प्रतिष्ठानले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा स्थानिय तह र सरोकार निकायहरुसग समेत सहकार्य गदै जाने बताउनु भयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा बालकोट उपशाखाको प्राबिधिक सहयोगमा संचालन भएको हो ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?