Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

महिला विश्वकप : स्पेन र स्विडेन सेमिफाइनलमा, जापान र नेदरल्यान्ड्सको यात्रा समाप्त


२७ श्रावण, एजेन्सी । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गरेको थियो । स्पेनको जितमा मारियोना ओलिभर काल्डेन्टे र साल्मा पारालुइलोले गोल गरिन् । नेदरल्यान्डस्का लागि स्टेफनी भान डेर ग्राटले गोल गरिन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मारिओनाले ८१औं मिनेटमा गोल गर्दै स्पेनको उत्साह जगाइन् । ९०औं मिनेटमा स्टेफनीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एक सय ११औं मिनेटमा साल्माले गोल गर्दै स्पेनको सेमिफाइनल यात्रा पक्का बनाइन् । सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यसैगरी न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको अर्को सेमिफाइनलमा स्विडेनलाई जिताउन अमान्डा इलेस्टेडेटले ३२औं र फिलिपा एन्जलडेटले ५१औं मिनेटमा गोल गरिन् । जापानका लागि होनोका हायाशीले ८७औं मिनेटमा सान्त्वना गोल फर्काइन् ।

स्विडेन पाँचौ पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो । सन् २००३ को उपविजेता स्विडेन सन् १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो । सेमिफाइनलमा स्डिेन र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?