Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

महिला विश्वकप : स्पेन र स्विडेन सेमिफाइनलमा, जापान र नेदरल्यान्ड्सको यात्रा समाप्त


२७ श्रावण, एजेन्सी । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गरेको थियो । स्पेनको जितमा मारियोना ओलिभर काल्डेन्टे र साल्मा पारालुइलोले गोल गरिन् । नेदरल्यान्डस्का लागि स्टेफनी भान डेर ग्राटले गोल गरिन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मारिओनाले ८१औं मिनेटमा गोल गर्दै स्पेनको उत्साह जगाइन् । ९०औं मिनेटमा स्टेफनीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एक सय ११औं मिनेटमा साल्माले गोल गर्दै स्पेनको सेमिफाइनल यात्रा पक्का बनाइन् । सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यसैगरी न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको अर्को सेमिफाइनलमा स्विडेनलाई जिताउन अमान्डा इलेस्टेडेटले ३२औं र फिलिपा एन्जलडेटले ५१औं मिनेटमा गोल गरिन् । जापानका लागि होनोका हायाशीले ८७औं मिनेटमा सान्त्वना गोल फर्काइन् ।

स्विडेन पाँचौ पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो । सन् २००३ को उपविजेता स्विडेन सन् १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो । सेमिफाइनलमा स्डिेन र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?