Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध


२४ श्रावण, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, “सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ, सडक मर्मतका लागि समय लाग्ने देखिएको छ ।”

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास–१२ देउरालीमा मङ्गलबार बिहान ११ बजे भासिएको सडक आजसम्म पनि एकतर्फी सञ्चालन भइरहेको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?