Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध


२४ श्रावण, नवलपुर। अबिरल वर्षासँगै खसेको पहिराले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिराले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सञ्चालन हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

कालीगण्डकी करिडोरअन्तर्गत नै गैँडाकोट–३ तरङ्खोलामा पानीको बहाव बढ्दा यातायात सेवा सञ्चालन हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्रसहित यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनै पनि यातायात सञ्चालन हुनसकेका छैनन् ।

दलदले–बुलिङटार सडकखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ । गए राति परेको अबिरल वर्षासँगै बुलिङटार–४ अर्खलामा खसेको पहिराको कारण पूर्णरूपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?