Trending
>>   सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न १ अर्ब विनियोजन >>   छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने >>   शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन >>   सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने >>   सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने, वृद्ध भत्ताको उमेर ७० वर्ष कायम >>   उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन >>   १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक >>   दिवा खाजा कार्यक्रमको रकम वृद्धि >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट >>   सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

सर्लाहीमा सीमा अनुगमन


सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमसखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेललगायत रहनुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वी नाका पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो । खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ । “नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौँ”, उहाँले भन्नुभयो । दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानामा ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ । विद्युतीय चार्जीङ स्टेसन सर्लाहीको हरिवन नगरपालिका–११ मा विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गर्न थालिएका हुन् ।

एक पटकमा चार सवारी साधन चार्ज गर्न सकिने गरी दुई विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालवन्दीका प्रमुख सन्जीवकुमार साहले जानकारी दिनुभयो । चार्जीङ स्टेसन स्थापना गर्न रू एक करोड ५० लाख खर्च भएको छ । एउटा सवारी साधन चार्ज हुन करिब तीन घन्टा लाग्छ । “चार्जीङ स्टेसन स्थापनापछि विद्युतीय सवारी साधन पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनबाट जोगाउन सहज हुन्छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?