Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘आँखा पाक्ने रोगबाट आत्तिनु पर्दैन, सचेत भए पुग्छ’


२२ ,श्रावण ,गण्डकी । मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने हिमालय आँखा अस्पतालकि निर्देशक डा इलिया श्रेष्ठले बताईन् ।

उनका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, विजाउने, आँखा रातो हुनु, आँसु बग्नु, चिप्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न अपरिहार्य छ । “आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ”, उनले भनिन्, “त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधिलगायत विभिन्न सामग्रीबाट रोगको सङ्क्रमण तीव्र रुपमा फैलिने गर्दछ ।”

उनका अनुसार एकआपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग सर्दैन । सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । सङ्क्रमण यसको प्रमुख कारण हो । आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाइ घरमा नै आराम गराउन अस्पतालमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सुझाव दिईन् ।

अस्पतालकि निर्देशक डा श्रेष्ठले भनिन्, “सङ्क्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।” आइतबार मात्र एक हजार तीन सय ५० जनाको आँखा परीक्षण गरिएकोमा पाँच सय जनामा आँखा पाक्ने समस्या देखिएको थियो । जसमा तीन सय ६० बालबालिकामा सङ्क्रमण देखिएको थियो ।

सामान्य अवस्थामा अस्पतालमा सरदर दैनिक सात सय जनाको आँखा परीक्षण हुँदै आएको थियो । विगतको भन्दा यसपटकको सङ्क्रमण कडा हुनुको साथै आँखा रातो मात्र होइन परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाइ बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि करिब एक हप्ता विद्यालय बन्द गर्नुपर्ने उनको सुझाव छ ।

रोगको सङ्क्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै डा श्रेष्ठले भनिन्, “भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म सङ्क्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।”

नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार सीमित स्रोतसाधन एवं जनशक्तिको अधिकतम उपयोग गर्दै अस्पतालले बिरामीको लागि आँखा उपचारको सेवा पुर्‍याउँदै आएको छ । आँखा पाक्ने बिरामीको सङ्ख्यामा क्रमिक रूपमा बढेपछि सङ्क्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?