Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

‘आँखा पाक्ने रोगबाट आत्तिनु पर्दैन, सचेत भए पुग्छ’


२२ ,श्रावण ,गण्डकी । मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने हिमालय आँखा अस्पतालकि निर्देशक डा इलिया श्रेष्ठले बताईन् ।

उनका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, विजाउने, आँखा रातो हुनु, आँसु बग्नु, चिप्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न अपरिहार्य छ । “आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ”, उनले भनिन्, “त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधिलगायत विभिन्न सामग्रीबाट रोगको सङ्क्रमण तीव्र रुपमा फैलिने गर्दछ ।”

उनका अनुसार एकआपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग सर्दैन । सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । सङ्क्रमण यसको प्रमुख कारण हो । आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाइ घरमा नै आराम गराउन अस्पतालमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सुझाव दिईन् ।

अस्पतालकि निर्देशक डा श्रेष्ठले भनिन्, “सङ्क्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।” आइतबार मात्र एक हजार तीन सय ५० जनाको आँखा परीक्षण गरिएकोमा पाँच सय जनामा आँखा पाक्ने समस्या देखिएको थियो । जसमा तीन सय ६० बालबालिकामा सङ्क्रमण देखिएको थियो ।

सामान्य अवस्थामा अस्पतालमा सरदर दैनिक सात सय जनाको आँखा परीक्षण हुँदै आएको थियो । विगतको भन्दा यसपटकको सङ्क्रमण कडा हुनुको साथै आँखा रातो मात्र होइन परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाइ बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि करिब एक हप्ता विद्यालय बन्द गर्नुपर्ने उनको सुझाव छ ।

रोगको सङ्क्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै डा श्रेष्ठले भनिन्, “भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म सङ्क्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।”

नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार सीमित स्रोतसाधन एवं जनशक्तिको अधिकतम उपयोग गर्दै अस्पतालले बिरामीको लागि आँखा उपचारको सेवा पुर्‍याउँदै आएको छ । आँखा पाक्ने बिरामीको सङ्ख्यामा क्रमिक रूपमा बढेपछि सङ्क्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?