सुर्खेत : भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी
खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले माघ २७ गते फेला पारेको छ ।
माघ २६ गते डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ बर्षिय मकर रोकाय र २१ बर्षिय बि.बि.रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए ।सो बारे जानकारी पाए पश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बि.बि.रोकायको शव फेला पारेको हो । अर्का एक जनाको खोजीकार्य भईरहेको छ ।
प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार