Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

चीनको हेबेईमा बाढीमा परी कम्तीमा १० जनाको मृत्यु


२० ,श्रावण ,बेइजिङ । उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित शहर बाओडिङमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० रहेको घोषणा गरेका छन् ।

स्थानीय समयअनुसार शनिबार मध्याह्नसम्ममा शहरका छ लाखभन्दा बढी मानिसलाई जोखिममा रहेका स्थानबाट सुरक्षित स्थानमा सारिएको मेयरको कार्यालयले जनाएको छ । हालैका महिनाहरूमा चीन रेकर्ड तोड्ने गर्मीदेखि घातक वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ ।

गत महिना प्राकृतिक प्रकोपका कारण १४७ जनाको मृत्यु वा बेपत्ता भएको चीनले शुक्रबार जनाएको छ । गत शुक्रबार चीनको मुख्य भूमि चीनमा आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछि आएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा भीषण वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जुलाई महिनामा १४२ जनाको मृत्यु वा वेपत्ता हुनुको कारण बाढी वा भौगर्भिक प्रकोपका कारण भएको जनाएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?