Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

चीनको हेबेईमा बाढीमा परी कम्तीमा १० जनाको मृत्यु


२० ,श्रावण ,बेइजिङ । उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित शहर बाओडिङमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० रहेको घोषणा गरेका छन् ।

स्थानीय समयअनुसार शनिबार मध्याह्नसम्ममा शहरका छ लाखभन्दा बढी मानिसलाई जोखिममा रहेका स्थानबाट सुरक्षित स्थानमा सारिएको मेयरको कार्यालयले जनाएको छ । हालैका महिनाहरूमा चीन रेकर्ड तोड्ने गर्मीदेखि घातक वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ ।

गत महिना प्राकृतिक प्रकोपका कारण १४७ जनाको मृत्यु वा बेपत्ता भएको चीनले शुक्रबार जनाएको छ । गत शुक्रबार चीनको मुख्य भूमि चीनमा आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछि आएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा भीषण वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जुलाई महिनामा १४२ जनाको मृत्यु वा वेपत्ता हुनुको कारण बाढी वा भौगर्भिक प्रकोपका कारण भएको जनाएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?