Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

लागूऔषध तस्करीमा दोषी कोरियाली नागरिकलाई मृत्युदण्ड


२० ,श्रावण ,बेइजिङ । चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलो पटक यस्तो सजाय दिइएको हो । चीनको दक्षिणी शहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागूऔषध तस्करी गरेको दोषमा मृत्युदण्ड दिइएको, विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ ।

चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानूनअनुसार समान रूपमा कारबाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले चीनमा लागुऔषध बेचेको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्ना कोरियाली नागरिकलाई शुक्रबार मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनले आफ्ना नागरिकलाई मृत्युदण्ड दिइएकामा खेद व्यक्त गरेका छन् ।

“कोरिया सरकारले मृत्युदण्डको सजायको घोषणा गरेदेखि नै मानवीय आधारमा मृत्युदण्डमा पुनर्विचार वा स्थगन गर्न विभिन्न माध्यमबाट धेरै अनुरोध गरेको थियो तर त्यो कार्यान्वयन नभएकामा हामी खेद प्रकट गर्दछौ” ती अधिकारीले भनेका छन् ।

यद्यपि ती उनले यो मृत्युदण्ड ‘चीन र दक्षिण कोरियाबीचको सम्बन्धसँग सम्बन्धित नभएको’ बताएका छन् । दक्षिण कोरियाको योनहाप समाचार समितिका अनुसार चीनले नौ वर्षमा लागूऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियालीलाई मृत्युदण्ड दिएको यो पहिलो घटना हो ।

मृत्युदण्ड पाएका ती व्यक्तिलाई पाँच किलोग्राम मेथाम्फेटामाइनसहित सन् २०१४ मा चीनमा पक्राउ गरिएको थियो । उनलाई २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । विश्वमा मृत्युदण्ड दिने मुलुकका सूचीको शीर्ष स्थानमा चीन पर्दछ । कठोर कानुनी व्यवस्था भएको चीनमा गम्भीर प्रकृतिका अपराधमा सुईको माध्यमबाट उसले मृत्युदण्डको सजाय कार्यान्वयन गर्दै आएको छ ।

चिनियाँ कानुनी प्रणालीलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । अदालतमा दायर भएका आपराधिक मुद्दामा लगभग शतप्रतिशत सजाय हुने गरेको छ । पछिल्ला केही वर्षयता धेरै विदेशी नागरिकले लागूऔषध तस्करीमा मृत्युदण्ड पाएका छन् ।

सन् २०२० मा एक जना अष्ट्रेलियालीलाई लागूऔषध तस्करी गरेको अभियोग प्रमाणित भएपछि मृत्युदण्ड दिइएको थियो । सन् २००९ मा पनि सोही प्रकृतिको अपराधमा दुई जना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिइएको थियो ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?