Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण


२० ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ ।

शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए ।

“उक्त कार्यमा संलग्न व्यक्ति वा समूहलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छौँ”, सदस्य न्यौपानेले भने, “आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैँ प्रतिकारमा उत्रने छौँ ।”


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?