Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण


२० ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ ।

शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए ।

“उक्त कार्यमा संलग्न व्यक्ति वा समूहलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छौँ”, सदस्य न्यौपानेले भने, “आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैँ प्रतिकारमा उत्रने छौँ ।”


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?