Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’


१९ ,श्रावण ,काठमाडौँ । हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन् ।

अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिएकि छिन् । चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए ।

उनले भने, “मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।”

यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनले बताव । “यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ”, हास्य कलाकार आचार्यले भने ।

गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य भने गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिएका छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?