Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना


१९ श्रावण, काठमाडाैँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ। शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।

महासंघको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताए। उनले प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे। उनले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फछ्र्यौट गर्ने गरेका छौँ। हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ। प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेका छौँ। श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ।’

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए। उनले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यसायिक विकासमा जोड दिनुपर्ने बताए। उनले श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताए।

प्रदर्शनकारीले प्रेस रजिष्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए। उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अबिलम्व प्रेस रजिष्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाएर प्रदर्शन गरेका हुन्।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?