Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सुन तस्करी प्रकरण : क्यान्सर पीडित रूक्मिना हाजिरी जमानीमा हिरासत मुक्त


१८ ,श्रावण ,काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिरी जमानीमा हिरासत मुक्त भएकी छिन् ।परिवारका आफन्तको जमानीमा सुब्बालाई बिहीबार साधारण तारेखमा थुनामुक्त गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

२ साउनमा विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन विभागले बरामद गरेको थियो ।सुन आयात गर्ने कम्पनीका प्रतिनिधिले भन्सारबाट सामान छुटाउन ३ जना सरकारी अनुमति प्राप्त भन्सार एजेन्टको साहायता लिएका थिए । तिनै मध्येका एक सुब्बा पनि थिइन् ।

रूक्मिनाका परिवारले उनी क्यान्सर रोगबाट पीडित रहेको र उनको उपचार जारी रहेकाले  उपचारका लागि सहयोग गरिदिन विभागसँग आग्रह गर्दै आइरहेका थिए ।‘ससुरा र परिवारका अन्य सदस्यको रोहबरमा हाजिरी जमानीमा उनी हिरासत मुक्त भएकी छिन्,’ विभाग स्रोतले भन्यो, ‘विभागले बोलाएको बेला उनी हाजिर हुनुपर्छ ।’


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?