Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरण : क्यान्सर पीडित रूक्मिना हाजिरी जमानीमा हिरासत मुक्त


१८ ,श्रावण ,काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिरी जमानीमा हिरासत मुक्त भएकी छिन् ।परिवारका आफन्तको जमानीमा सुब्बालाई बिहीबार साधारण तारेखमा थुनामुक्त गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

२ साउनमा विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन विभागले बरामद गरेको थियो ।सुन आयात गर्ने कम्पनीका प्रतिनिधिले भन्सारबाट सामान छुटाउन ३ जना सरकारी अनुमति प्राप्त भन्सार एजेन्टको साहायता लिएका थिए । तिनै मध्येका एक सुब्बा पनि थिइन् ।

रूक्मिनाका परिवारले उनी क्यान्सर रोगबाट पीडित रहेको र उनको उपचार जारी रहेकाले  उपचारका लागि सहयोग गरिदिन विभागसँग आग्रह गर्दै आइरहेका थिए ।‘ससुरा र परिवारका अन्य सदस्यको रोहबरमा हाजिरी जमानीमा उनी हिरासत मुक्त भएकी छिन्,’ विभाग स्रोतले भन्यो, ‘विभागले बोलाएको बेला उनी हाजिर हुनुपर्छ ।’


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?