Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कास्कीमा १८ हजार २४ पशुलाई लम्पी स्किन सङ्क्रमण


१८ श्रावण, कास्की । कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए ।

सङ्क्रमणबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उनले सबैभन्दा बढी सङ्क्रमण गाईमा हुने गरेको जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ । प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ । पछिल्ला समयमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रण घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिए ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?