Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

तनाव नबढाउन रुसी राष्ट्रपतिलाई टर्कीका राष्ट्रपतिको आग्रह


१७ ,श्रावण ,इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न राष्ट्रसित पुटिनलाई टेलिफोन गरेर आह्वान गरेका हुन् ।

अनाज आपूर्ति हुने युक्रेनी बन्दरगाह तथा अन्य केन्द्रमा मस्कोले आक्रमण गरेर भौतिक संरचनामा क्षति भएपछि राष्ट्रपति एर्डोगानले खाद्यान्न आपूर्तिको सम्झौता शान्तिको सेतु भएको उल्लेख गर्दै उक्त सम्झौताको पालनमा जोड दिएका टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टर्की र संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा युक्रेनलाई आफ्नो ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने अनुमति दिएको थियो तर मस्कोले गत महिना त्यो समाप्त भएको घोषणा गरेको थियो । हिजोदेखि बन्दरगाहका भौतिक संरचनामा आक्रमण थालेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?