Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

तनाव नबढाउन रुसी राष्ट्रपतिलाई टर्कीका राष्ट्रपतिको आग्रह


१७ ,श्रावण ,इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न राष्ट्रसित पुटिनलाई टेलिफोन गरेर आह्वान गरेका हुन् ।

अनाज आपूर्ति हुने युक्रेनी बन्दरगाह तथा अन्य केन्द्रमा मस्कोले आक्रमण गरेर भौतिक संरचनामा क्षति भएपछि राष्ट्रपति एर्डोगानले खाद्यान्न आपूर्तिको सम्झौता शान्तिको सेतु भएको उल्लेख गर्दै उक्त सम्झौताको पालनमा जोड दिएका टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टर्की र संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा युक्रेनलाई आफ्नो ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने अनुमति दिएको थियो तर मस्कोले गत महिना त्यो समाप्त भएको घोषणा गरेको थियो । हिजोदेखि बन्दरगाहका भौतिक संरचनामा आक्रमण थालेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?