Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन


१७ श्रावण, काठमाडाैँ । सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शाखा प्रमुख डा.मदन उपाध्यायले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण विद्युतीय बोर्डमार्फत सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

पत्रमा “सेवा लिएका बिरामीको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सो को विवरण सार्वजनिक रुपमा देखिने गरी जानकारी दिने टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्थासहित सोही मापदण्डको दफा ७० (ञ) र (ट)लाई पालन गर्नुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ ।” उल्लेख छ ।

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल १० प्रतिशत शय्या छुट्याउन पटक–पटक परिपत्र गर्दै आएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?