Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन


१७ श्रावण, काठमाडाैँ । सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शाखा प्रमुख डा.मदन उपाध्यायले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण विद्युतीय बोर्डमार्फत सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

पत्रमा “सेवा लिएका बिरामीको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सो को विवरण सार्वजनिक रुपमा देखिने गरी जानकारी दिने टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्थासहित सोही मापदण्डको दफा ७० (ञ) र (ट)लाई पालन गर्नुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ ।” उल्लेख छ ।

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल १० प्रतिशत शय्या छुट्याउन पटक–पटक परिपत्र गर्दै आएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?