Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बढ्न थाले चिनियाँ पर्यटक


१६ ,श्रावण ,काठमाडौँ । कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो ।

सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।

यो जुलाईमा आएका कूल पर्यटकको सङ्ख्याको नौ दशमलव नौ प्रतिशत हो । सन् २०२२ को जुलाईमा भने एक हजार पाँच सय ९३ चिनियाँ पर्यटक आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् ।

जुलाई महिनामा मात्रै हवाई मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या २९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यसवर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कूल ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल आएका थिए ।

चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई समावेश गरेपछि चिनियाँ पर्यटकको सङ्ख्या बढ्न थालेको हो । गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो ।

गत महिना पोखरामा भएको चिनियाँ ड्रागन बोट रेस फेस्टिभल आयोजना गरिएको थियो । सो अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक चीनको छेन्दुबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो । चिनियाँ उडान सहजभएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन विस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका अनुसार जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार छ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, बेलायतबाट तीन हजार छ सय ३० र बङ्गलादेशबाट दुई हजार ६ सय ९४ पर्यटक नेपाल आएका छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?