Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त


१६ श्रावण, विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

सरकार गठन गर्न संविधानको धारा १६८(२) बमोजिम मङ्गलबार मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेश गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ सांसदको समर्थन छ ।

कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु दुई गठबन्धनमा आवद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा दिएर सरकार गठन गर्न सहज वातावरण तयार पारेका थिए ।

कोशी प्रदेशसभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्‍याउन नसकि संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरु सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गरेका थिए ।

सभामुख गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएकाले राजीनामा पछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुगेको हो । प्रदेशसभामा कांग्रेसको २९, माओवादी कन्द्रको १३, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?