Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रहरीमाथि आक्रमण गरेर स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति, २ प्रहरी घाइते


१६ श्रावण, बारा । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् ।

बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले जानकारी गराए ।

स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बलराम गिरी घाइते भएका छन् ।

प्रहरीले लामाको घरबाटै भरुवा बन्दुक, बन्दुकको छर्रा, बारुद, जङ्गली जनावरको दाँतसहितका सामान बरामद गरेर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?