Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रहरीमाथि आक्रमण गरेर स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति, २ प्रहरी घाइते


१६ श्रावण, बारा । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् ।

बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले जानकारी गराए ।

स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बलराम गिरी घाइते भएका छन् ।

प्रहरीले लामाको घरबाटै भरुवा बन्दुक, बन्दुकको छर्रा, बारुद, जङ्गली जनावरको दाँतसहितका सामान बरामद गरेर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?