Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कोशीमा मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने आज अन्तिम दिन


१५ श्रावण, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समय सीमा आज समाप्त हुँदैछ ।

उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गर्नुभएकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ ।

उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् ।

गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३सदस्यमा बहुमत पुर्याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।

उनले गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताए ।

प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वानमा २०८० साल असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतमा दायर उत्प्रेषणसहितको परमादेशको रिट निवेदनउपर साउन ११ को सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा २०८० साल साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यहरुलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नू भत्रे परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?