Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा : उपप्रधानमन्त्री श्रेष्ठ


११ ,श्रावण ,महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।

आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याए ।

पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्व बोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो । “हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्”, उनले भने, “यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनपर्यो ।”

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने प्रतिबद्धता जनाए । विद्यालयले आगामी १० वर्षे शिक्षाको प्रारूप, पठनपाठन व्यवस्थापन र व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्ने हेतुले तीन दिने सम्मेलन आयोजन गरिएको प्रधानाध्यापक दीपकराज बरालले जानकारी दिए ।

मुलुकका ख्याति प्राप्त शिक्षाविद्हरूलाई सहभागी गराई विद्यालयको सेवा क्षेत्रका, आमा समूहका अगुवा, अभिभावक र शिक्षकलाई विभिन्न समूहमा छलफल गराई सुझाव लिने मुख्य ध्येय रहेको प्रअ बरालको भनाइ छ ।

सम्मेलनको उद्घाटन सत्रमा शिक्षाविद्हरू डा बलराम तिमल्सिना, पूर्ण दवाडी र समाजशास्त्री विमल फुँयालसहितका विज्ञले तीन दिन छलफल गरिने विषयबारे जानकारी दिए । सामुदायिक विद्यालयले शैक्षिक सम्मेलन नै आयोजन गरेर असल प्रयत्न अघि बढाएको यो सकारात्मक कदम भएको शिक्षाप्रेमीहरूको टिप्पणी छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?