Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान


११ साउन, पाल्पा । पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम सुरु गरेको हो । पहिलो दिन तानसेनबाट चण्डी भञ्ज्याङ हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको छ । साउन महिनाको पहिलो शनिवारबाट पदयात्रा अभियान थालनी गरिएको नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले बताए ।

उनले भने, “प्रचुर सम्भावना बोकेका धेरै ठाउँ छन्, विकास अभाव, प्रचारप्रसार नहुँदा ओझेलमा परिरहेका छन्, ती क्षेत्रको विकास गरी मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउन पदयात्रा अभियान कार्य सुरु गरिएको छ ।” उनका अनुसार यो अभियान साउन महिनाको प्रत्येक शनिबार गरिनेछ । तानसेनमा रहेको भगवती मन्दिरमा पदयात्राको शुभारम्भ गरी अभियान अगाडि बढाइएको छ ।

पदयात्रा अभियानले पाल्पामा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्र तथा ओझेलमा परेका, पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्र पहिचान गर्न सघाउ पुग्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । “पर्यटकीय क्षेत्रको सोधखोज नहुँदा सम्भावना बोकेका धेरै स्थान ओझेलमा परेका छन्, पौराणिक ऐतिहासिक, धार्मिक क्षेत्रसँग जोडिएका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास र विस्तारमा तानसेन नगर सरकारले सहयोग गर्नेछ”, नगर प्रमुख श्रेष्ठले भने ।

पदयात्राको पहिलो दिन पाल्पाका तत्कालीन तैनाथवाला प्रताप शमसेरले तानसेन बजारको खानेपानीको लागि बनाउन लगाएको चण्डीभञ्ज्याङमा रहेको एक सय वर्ष अघि बनेको सुरुङको अवलोकन गरिएको छ । त्यहाँबाट बौघापोखराको थाम्केडाँडामा पदयात्रा टोली पुगेको थियो । थाम्केडाँडाबाट मनोरम हिमशृङ्खलाका साथै, कालीगण्डकी नदी र नदी आसपाससँग जोडिएका सुन्दर बस्ती अवलोकन गरिएको छ । सोही ठाउँमा रमणिय दृश्य अवलोकन गर्न ट्रि हाउस, एडभेन्चर स्विङ पनि रहेको छ ।

नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्त, वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, बोर्ड सदस्य प्रदीपकुमार पोखरेलसहित नाट्टा पाल्पा च्याप्टरका पदाधिकारी तथा सदस्य र पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति, जनप्रतिनिधि, सरोकारवालाको सहभागीतामा पदयात्रा सुरु गरिएको हो ।

पाल्पा अवलोकन गर्न आउने पर्यटक तानसेन, श्रीमनगरडाँडा, भैरवस्थान मन्दिर, रानीमहल, रिडी क्षेत्र धेरै पुग्ने गर्दछन् । पौराणिक महत्व बोकेका, पर्यटनमा सम्भावना बोकेका क्षेत्रलाई पर्यटन विकाससँग जोडेर काम गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । यहाँ धेरै पर्यटकीय गन्तव्यस्थल बन्ने ठाउँ छन् । खोजी नहुँदा सधैँ पछाडि परिरहेका छन् । पदयात्रा अभियानले ओझेलमा परेका क्षेत्र बाहिर आउने र पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?