Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान


११ साउन, पाल्पा । पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम सुरु गरेको हो । पहिलो दिन तानसेनबाट चण्डी भञ्ज्याङ हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको छ । साउन महिनाको पहिलो शनिवारबाट पदयात्रा अभियान थालनी गरिएको नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले बताए ।

उनले भने, “प्रचुर सम्भावना बोकेका धेरै ठाउँ छन्, विकास अभाव, प्रचारप्रसार नहुँदा ओझेलमा परिरहेका छन्, ती क्षेत्रको विकास गरी मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउन पदयात्रा अभियान कार्य सुरु गरिएको छ ।” उनका अनुसार यो अभियान साउन महिनाको प्रत्येक शनिबार गरिनेछ । तानसेनमा रहेको भगवती मन्दिरमा पदयात्राको शुभारम्भ गरी अभियान अगाडि बढाइएको छ ।

पदयात्रा अभियानले पाल्पामा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्र तथा ओझेलमा परेका, पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्र पहिचान गर्न सघाउ पुग्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । “पर्यटकीय क्षेत्रको सोधखोज नहुँदा सम्भावना बोकेका धेरै स्थान ओझेलमा परेका छन्, पौराणिक ऐतिहासिक, धार्मिक क्षेत्रसँग जोडिएका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास र विस्तारमा तानसेन नगर सरकारले सहयोग गर्नेछ”, नगर प्रमुख श्रेष्ठले भने ।

पदयात्राको पहिलो दिन पाल्पाका तत्कालीन तैनाथवाला प्रताप शमसेरले तानसेन बजारको खानेपानीको लागि बनाउन लगाएको चण्डीभञ्ज्याङमा रहेको एक सय वर्ष अघि बनेको सुरुङको अवलोकन गरिएको छ । त्यहाँबाट बौघापोखराको थाम्केडाँडामा पदयात्रा टोली पुगेको थियो । थाम्केडाँडाबाट मनोरम हिमशृङ्खलाका साथै, कालीगण्डकी नदी र नदी आसपाससँग जोडिएका सुन्दर बस्ती अवलोकन गरिएको छ । सोही ठाउँमा रमणिय दृश्य अवलोकन गर्न ट्रि हाउस, एडभेन्चर स्विङ पनि रहेको छ ।

नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्त, वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, बोर्ड सदस्य प्रदीपकुमार पोखरेलसहित नाट्टा पाल्पा च्याप्टरका पदाधिकारी तथा सदस्य र पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति, जनप्रतिनिधि, सरोकारवालाको सहभागीतामा पदयात्रा सुरु गरिएको हो ।

पाल्पा अवलोकन गर्न आउने पर्यटक तानसेन, श्रीमनगरडाँडा, भैरवस्थान मन्दिर, रानीमहल, रिडी क्षेत्र धेरै पुग्ने गर्दछन् । पौराणिक महत्व बोकेका, पर्यटनमा सम्भावना बोकेका क्षेत्रलाई पर्यटन विकाससँग जोडेर काम गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । यहाँ धेरै पर्यटकीय गन्तव्यस्थल बन्ने ठाउँ छन् । खोजी नहुँदा सधैँ पछाडि परिरहेका छन् । पदयात्रा अभियानले ओझेलमा परेका क्षेत्र बाहिर आउने र पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?