Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

श्रीमानले गरे श्रीमतीको घाँटी रेटेर हत्या


१० श्रावण, बारा । श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएको राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीय जाहिर चुडीहारका ज्वाइ भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडिहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए ।

राज चुडिहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको मृतकका बुबा जहिर चुडिहारले जानकारी दिए ।

श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्रकुमार साहले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी छन् ।

चालू आर्थिक वर्षको ११ महिनामा १८८८ उजुरी परेकोमा ८६३ वटा घरेलु हिंसाको मुद्दा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कलैयाले जनाएको छ ।

यस्तै कर्तव्य ज्यान १० र ज्यान मार्ने उद्योग ३९ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?