९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिएका छन् ।
अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको हो । भन्सार कार्यलयबाट एक क्विन्टल सुन बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई हटाइएको हो ।
उनको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । उनी आइतबार राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।
प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार