Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री दाहाल र विश्व खाद्य संगठनका महानिर्देशकबीच भेटवार्ता


९ श्रावण, रोम (इटाली) इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र संघको महत्वपूर्ण निकाय हो। सो संस्था नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?