Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शिक्षासेवी तिमिल्सिना सम्मानित


९ श्रावण, काठमाडाैँ । नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ।

लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयको भाषिक ज्ञानलाई प्रभावकारी बनाउन योगदान पुर्‍याएका साथै सेवा निवृत्तपछि पनि लेखन कार्यमार्फत नेपाली भाषाको विकासमा योगदान पुर्‍याएको भन्दै तिमिल्सिनालाई रु १० हजार एक सय ११ र सम्मानपत्र प्रदान गरिएको हो।

वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यमिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराललगायतले उनलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।विसं १९९९ को पुसमा पोखरा महानगरपालिका–२३ चैनपुरमा जन्मीएका तिमिल्सिना झण्डै चार दशक शिक्षण पेसामा रहेका थिए।उनी २१ वर्ष पोखरा महानगरपालिका–५ को बाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेका थिए।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?