Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

शिक्षासेवी तिमिल्सिना सम्मानित


९ श्रावण, काठमाडाैँ । नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ।

लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयको भाषिक ज्ञानलाई प्रभावकारी बनाउन योगदान पुर्‍याएका साथै सेवा निवृत्तपछि पनि लेखन कार्यमार्फत नेपाली भाषाको विकासमा योगदान पुर्‍याएको भन्दै तिमिल्सिनालाई रु १० हजार एक सय ११ र सम्मानपत्र प्रदान गरिएको हो।

वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यमिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराललगायतले उनलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।विसं १९९९ को पुसमा पोखरा महानगरपालिका–२३ चैनपुरमा जन्मीएका तिमिल्सिना झण्डै चार दशक शिक्षण पेसामा रहेका थिए।उनी २१ वर्ष पोखरा महानगरपालिका–५ को बाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेका थिए।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?