Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मनसुनजन्य घटना : पौडी खेल्ने क्रममा मृत्यु


९ ,श्रावण ,बनियानी । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

ती मध्ये चार जनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको छ । उनीहरू १३ वर्षदेखि २१ वर्ष उमेर समूहका थिए । त्यस्तै जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक–एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव (नदी, खोला र नहर) डुबेको अवस्थामा फेला परेको प्रनाउ रिजालले बताए । मृत्यु भएकामध्ये एक महिला, आठ पुरुष छन् भने एक जनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी छ ।

कनकाई नगरपालिका–२ का १८ वर्षीय सलिन गुरागाईँको शिवसताक्षी–१० स्थित दोमुखा ड्याममा पौडी खेल्ने क्रममा, गौरादह–९ स्थित किस्ने खोलामा गौरादह–२ का १३ वर्षीय एञ्जल ताजपुरियाको पौडी खेल्ने क्रममा, गौरीगन्ज गाउँपालिका–३ का १४ वर्षीय सागर पराजुली सोही स्थानको लेरा खोलामा पौडी खेल्ने क्रममा र इलाम माई नगरपालिका–८ स्थित सतासी झर्नाको दहमा साथीसँँग घुम्न गएका झापा कमल गाउँपालिका–५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट ‘डाइभ’ हान्दा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरबाट गाईवस्तु चराउन गएकी शिवसताक्षी नगरपालिका–१० की २६ वर्षीया कमला राई सोही स्थानको कनकाई सिँचाइ नहर शाखा नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन् भने गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा सोही स्थानका ६५ वर्षीय भागवत शर्मा घोप्टो परेको मृतावस्थामा फेला परेका थिए । यस्तै भद्रपुर नगरपालिका–९ शान्ति चोकका ७५ वर्षीय जीवन थापामगर भद्रपुर–८ स्थित मेची क्याम्पसको पूर्वपट्टि जमेको नालीको पानीमा मृतावस्थामा फेला परेका थिए भने बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय अनिल मैनाली सोही स्थानको देउनिया खोला क्षेत्रमा च्याउ टिप्न गएको बेला खोला तर्ने क्रममा चप्पल बगाएकाले चप्पल टिप्ने जाँदा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका–४ ग्रामथानस्थित नेपाल–भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर झापा– का सात वर्षीय बालक डेनिस गणेशको खेल्ने क्रममा चिप्लेर डुबेर घाइते भएकामा उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएकामा अस्पताल पुर्याउना साथ सोही अस्पतालका डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाएर ल्याएको साडी बेरिएको अवस्थामा तत्काल नामथर वतन नखुलेको र पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा शव फेला परेकाले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ रिजालले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?