Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

यु–१६ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक


८ श्रावण, काठमाडाैँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?