Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै


८ ,श्रावण ,गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तक्र्रिया गरिने भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता रहनेछ ।

मुख्य कार्यक्रम १३ गते हुने जनाइएको छ । कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

केही कार्यक्रम प्रतिष्ठानबीच सहकार्यबाट प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत बन्ने विश्वास लिइएको उनले बताए । कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् ।

यसैगरी स्वामी विवेकानन्द सास्कृतिक केन्द्र काठमाडौँ तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दुईदिने फोटो प्रदर्शनी कार्यक्रमसमेत हुने भएको छ । यो प्रदर्शनी पोखरा सभागृहमा यही साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई सफल तयारीमा तीव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?