Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ- अर्थमन्त्री महत


७ श्रावण, काठमाडौं । टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३२ ओेँ वाषिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘वर्कर्सहरुको जाहेज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’

सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भने, ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटोछिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटुडेट राख्ने चुनौति छ । सफ्टवेयरमा एकदमै छिटो अपटुडेट हुनुपर्ने अवस्था छ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा. महतले औंल्याए । उनले भने ‘शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी हुँदैन । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ । पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वभाविक रुपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरुको निर्णय प्रकृया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन् ।’

‘व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने आवश्यकता छ । क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान्’ मन्त्री डा. महतले भने, ‘त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ । टेलिकमको व्यवस्थापन अपटुडेट भइराख्नु पर्नेछ । कुनै समयमा मैले यति पढेको थिए, संस्थालाई म सधैं हाक्नसक्छु भन्ने अवस्था अब रहेन । प्रविधिको विकासले गर्दा हामीले हरेक दिन पढिराख्नुपर्ने भयो ।’

‘अहिलेको अवस्थामा हामीले हरेक कामसँगसँगै विद्यार्थी हुन पनि आवश्यक रहेको भन्नुहुँदै’, मन्त्री डा. महतले भg], ‘नेपाल टेलिकम वर्कर्स युनियनले यसको अगुवाइ गरोस् भन्ने चाहन्छु । सञ्चालन र उत्पादनमा जोडिएका साथीहरुले अधिकारको मात्र कुरा गर्नु भएन, यसरी हामी परिवर्तन ल्याउँछाैँ, यसरी हामी योगदान दिनसक्छौं, यसरी हामी टेलिकमको क्षमता बढाउँछौं, यसरी हामी प्रतिस्पर्धी हुन्छ र यसरी हामी टेलिकमको शाख बचाएर राख्छौं भन्ने योजना हुनुपर्छ ।’


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?