Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ- अर्थमन्त्री महत


७ श्रावण, काठमाडौं । टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३२ ओेँ वाषिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘वर्कर्सहरुको जाहेज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’

सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भने, ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटोछिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटुडेट राख्ने चुनौति छ । सफ्टवेयरमा एकदमै छिटो अपटुडेट हुनुपर्ने अवस्था छ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा. महतले औंल्याए । उनले भने ‘शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी हुँदैन । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ । पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वभाविक रुपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरुको निर्णय प्रकृया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन् ।’

‘व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने आवश्यकता छ । क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान्’ मन्त्री डा. महतले भने, ‘त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ । टेलिकमको व्यवस्थापन अपटुडेट भइराख्नु पर्नेछ । कुनै समयमा मैले यति पढेको थिए, संस्थालाई म सधैं हाक्नसक्छु भन्ने अवस्था अब रहेन । प्रविधिको विकासले गर्दा हामीले हरेक दिन पढिराख्नुपर्ने भयो ।’

‘अहिलेको अवस्थामा हामीले हरेक कामसँगसँगै विद्यार्थी हुन पनि आवश्यक रहेको भन्नुहुँदै’, मन्त्री डा. महतले भg], ‘नेपाल टेलिकम वर्कर्स युनियनले यसको अगुवाइ गरोस् भन्ने चाहन्छु । सञ्चालन र उत्पादनमा जोडिएका साथीहरुले अधिकारको मात्र कुरा गर्नु भएन, यसरी हामी परिवर्तन ल्याउँछाैँ, यसरी हामी योगदान दिनसक्छौं, यसरी हामी टेलिकमको क्षमता बढाउँछौं, यसरी हामी प्रतिस्पर्धी हुन्छ र यसरी हामी टेलिकमको शाख बचाएर राख्छौं भन्ने योजना हुनुपर्छ ।’


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?