Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सिँचाइमन्त्री बस्नेत अबुधावी प्रस्थान


७ श्रावण, काठमाडाैँ । संयुक्त अरब इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधावी प्रस्थान गरेका छन् ।

मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । सो बैठक बैठक यही साउन ८ देखि १० गतेसम्म अबुधावीमा आयोजना हुँदैछ । आईएसएका सदस्य राष्ट्रहरु, एसिया प्रशान्त क्षेत्रका देशमध्ये सम्भाव्य सदस्य राष्ट्रहरु, साझेदार संगठनहरुको बैठकमा सहभागिता रहनेछ ।

भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्र्ताष्ट्रिय सौर्य गठबन्धन (आईएसए)सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्ट्रलाई सौर्य ऊर्जा प्रविधिहरु प्रयोग गरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्ने र जलवायु परिवर्तनको असर कम गर्न सहयोग प्राप्त हुनेछ ।

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सो गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?