Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सिटिइभिटीले समायोजन गरेको शुल्क नबढाउने


७ श्रावण, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ ।

विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो । परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अहिले तत्कालका लागि समायोजन गरिएको शुल्क स्थगन गरिएको जानकारी दिए ।

“परिषद् कार्यालयस्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजनसम्बन्धी यसअघिको निर्णय स्थगन गरिएको छ”, परिषद्ले भनेको छ ।

परिषद्ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीमा ३४ प्रतिशत शुल्क वृद्धि गरेको थियो । वृद्धि गरिएको शुल्कमा नर्सिङको रु छ लाख २४ हजार दुई सय ३०, सामान्य चिकित्सा रु पाँच लाख २३ हजार आठ सय २० र फार्मेसी रु चार लाख २३ हजार छ सय ५० तोकिएको थियो । शुल्क वृद्धि गरेपछि विद्यार्थी सङ्गठन आन्दोलन गरेका थिए ।

परिषद्ले विभिन्न समयमा गठित शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझाव र परिषद्को कार्यालयको निर्णयानुसार यही असार २९ गते तीन विषयमा शुल्क बढाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?