Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सिटिइभिटीले समायोजन गरेको शुल्क नबढाउने


७ श्रावण, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ ।

विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो । परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अहिले तत्कालका लागि समायोजन गरिएको शुल्क स्थगन गरिएको जानकारी दिए ।

“परिषद् कार्यालयस्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजनसम्बन्धी यसअघिको निर्णय स्थगन गरिएको छ”, परिषद्ले भनेको छ ।

परिषद्ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीमा ३४ प्रतिशत शुल्क वृद्धि गरेको थियो । वृद्धि गरिएको शुल्कमा नर्सिङको रु छ लाख २४ हजार दुई सय ३०, सामान्य चिकित्सा रु पाँच लाख २३ हजार आठ सय २० र फार्मेसी रु चार लाख २३ हजार छ सय ५० तोकिएको थियो । शुल्क वृद्धि गरेपछि विद्यार्थी सङ्गठन आन्दोलन गरेका थिए ।

परिषद्ले विभिन्न समयमा गठित शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझाव र परिषद्को कार्यालयको निर्णयानुसार यही असार २९ गते तीन विषयमा शुल्क बढाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?