Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्री गर्न दिल्ली सरकारद्वारा प्रतिबन्ध


७ श्रावण, एजेन्सी । डेङ्गुको प्रकोप बढेपछि दिल्ली सरकारले एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेक औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध लगाएको छ र ती औषधिले मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गुको प्रकोपकाबीच हानिकारक हुन सक्ने बताएको छ ।

डेङ्गु रोकथामका लागि जारी परामर्शमा दिल्ली सरकारले जारी गरेको सुझाबमा भनिएको छ, “मनसुनको मौसममा डेङ्गु जस्ता लामखुट्टेबाट सर्ने रोगहरूको प्रकोप बढ्दै गएको छ ।

तसर्थ, डेङ्गुको सम्भावित प्रकोपको यस मौसममा एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक जस्ता औषधिहरूको प्रयोग ‘दर्ता भएका चिकित्सकहरूको प्रेस्क्रिप्सन’ विना बिक्री गर्न प्रतिबन्ध लगाइएकोछ ।

सरकारले तत्काल लागु हुनेगरी यी औषधिहरूको ‘ओभर–द–काउन्टर’ बिक्रीमा संलग्न नहुन सल्लाह दिएको छ । दिल्ली सरकारले जारी गरेको सुझाबमा भनिएको छ, “यदि रिटेल विक्रेताले यो सल्लाहको उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिनेछ ।”

भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीमा पानीको बहाव बढेसँगै विगत दुई हप्तादेखि विभिन्न क्षेत्रमा भीषण बाढी आएको छ । आइतबार दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजको अध्यक्षतामा राजधानीमा सङ्क्रमणजन्य रोगनियन्त्रणका लागि समग्र तयारीबारे एक उच्चस्तरीय बैठक बसेको थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?