Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्री गर्न दिल्ली सरकारद्वारा प्रतिबन्ध


७ श्रावण, एजेन्सी । डेङ्गुको प्रकोप बढेपछि दिल्ली सरकारले एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेक औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध लगाएको छ र ती औषधिले मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गुको प्रकोपकाबीच हानिकारक हुन सक्ने बताएको छ ।

डेङ्गु रोकथामका लागि जारी परामर्शमा दिल्ली सरकारले जारी गरेको सुझाबमा भनिएको छ, “मनसुनको मौसममा डेङ्गु जस्ता लामखुट्टेबाट सर्ने रोगहरूको प्रकोप बढ्दै गएको छ ।

तसर्थ, डेङ्गुको सम्भावित प्रकोपको यस मौसममा एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक जस्ता औषधिहरूको प्रयोग ‘दर्ता भएका चिकित्सकहरूको प्रेस्क्रिप्सन’ विना बिक्री गर्न प्रतिबन्ध लगाइएकोछ ।

सरकारले तत्काल लागु हुनेगरी यी औषधिहरूको ‘ओभर–द–काउन्टर’ बिक्रीमा संलग्न नहुन सल्लाह दिएको छ । दिल्ली सरकारले जारी गरेको सुझाबमा भनिएको छ, “यदि रिटेल विक्रेताले यो सल्लाहको उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिनेछ ।”

भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीमा पानीको बहाव बढेसँगै विगत दुई हप्तादेखि विभिन्न क्षेत्रमा भीषण बाढी आएको छ । आइतबार दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजको अध्यक्षतामा राजधानीमा सङ्क्रमणजन्य रोगनियन्त्रणका लागि समग्र तयारीबारे एक उच्चस्तरीय बैठक बसेको थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?