Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कोरियामा काम गरेर फर्किएकाहरूका लागि पुनः भाषा परीक्षाको आवेदन खुला


६ श्रावण, काठमाडाैँ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ ।

कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिए । उनका अनुसार उक्त भाषा परीक्षा आगामी भदौ १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ ।

यसैगरी इपिएस कोरिया शाखाले एक सूचना प्रकाशित गरी नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको जनाएको छ ।

शाखाद्वारा प्रकाशित सूचनाअनुसार आवेदश नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदार हुनुपर्ने छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने छ । फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने जनाइएको छ ।

यसैगरी कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्षभन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभागबाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने जनाइएको छ । यसअघि कोरियाबाट फर्किएर आएकाले आफूले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?