Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकलाई बोलाए बालुवाटार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकलाई बालुवाटार बोलाएका छन् ।
सदनलाई दिनुपर्ने बिजनेसबारे छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई निमन्त्रणा गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनकाअनुसार विहान ९ बजे दलका नेता तथा सचेतकहरुको उपस्थितिमा बिजनेस तय गरिनेछ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदको बिजनेस तय गर्न बालुवाटारबाट बोलावट भएको बताए ।
सरकारले न्यूनतम साझा कार्यक्रममा यही अधिवेशनभित्र एक दर्जन कानुन बनाउने उल्लेख गरेको छ ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?