Trending
>>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

सहकारी पीडितको समस्या समाधान गर्न माग


३१ ,असार ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकी उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म्म राज्य पनि हो ।”

सांसद अच्युतप्रसाद मैनालीले भने, “अहिले मानो रोपेर मुरी फलाउने समय हो तर अहिले इतिहासमै नभएको सुक्खा याम छ, जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।” उनले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारूकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसदहरू अजयकुमार चौरसिया, अमरबहादुर थापा, अर्जुननरसिंह केसी, आस्माकुमारी चौधरी, असिम शाह, ईश्वरबहादुर रिजाल, अनिशा नेपाली, अशोककुमार चौधररी, ईश्वरी घर्ती, उर्मिला माझी, कालुराम राई, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, गोमा सापकोटा, गङ्गा कार्की, चित्रबहादुर केसी लागयतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?