Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

सहकारी पीडितको समस्या समाधान गर्न माग


३१ ,असार ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकी उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म्म राज्य पनि हो ।”

सांसद अच्युतप्रसाद मैनालीले भने, “अहिले मानो रोपेर मुरी फलाउने समय हो तर अहिले इतिहासमै नभएको सुक्खा याम छ, जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।” उनले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारूकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसदहरू अजयकुमार चौरसिया, अमरबहादुर थापा, अर्जुननरसिंह केसी, आस्माकुमारी चौधरी, असिम शाह, ईश्वरबहादुर रिजाल, अनिशा नेपाली, अशोककुमार चौधररी, ईश्वरी घर्ती, उर्मिला माझी, कालुराम राई, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, गोमा सापकोटा, गङ्गा कार्की, चित्रबहादुर केसी लागयतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?