Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जापानको आम्दानी बाख्रापालनमा लगानी


३०,असार ,गलकोट । गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन् । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे । कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन् । कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे ।

बस्नेतले आठ वर्षको जापान बसाई टुङ्गाएर गलकोट नगरपालिका–९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन् । बस्नेतले गल्याङमा झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै आएका हुन्। उनले बाख्रापलनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट बाख्रापलन गर्दै आएको बताए ।

बाख्रापालनका लागि विदेशबाट आयातितक घाँस खेती समेत गर्दै आएको बस्नेतको भनाइ छ । बागलुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि त्राख्रापालन थालेका छन् । उनको बाख्रापालनमा झण्डै रु ४० लाख लगानी भइसकेको छ ।

“वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसे, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन”, बस्नेतले भने, “जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखे, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन् ।”

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाएका छन् । उनले खोर निर्माणमै लाखौ लगानी गरेका छन् । दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरेका छन् भने बाख्रा फर्म वरपरको जग्गा तारबार गरेर व्यवस्थितसमेत गरेका छन् । “विदेशको दुःखसमेत भोगियो, नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हुँ, अहिले बाख्राका पाठा–पाठी हुर्काउनका लागि आवश्यक दूधका लागि समेत दुई वटा गाईसमेत पाल्दै आएको छु”, बस्नेतले भने, “पहिलो वर्ष फर्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो ।”

सरदरमा हाल सम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त आम्दानी फर्म विस्तारमै खर्च गरिएको उनको भनाइ छ । अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन् । बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ । फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाइ छ ।

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा रु एक लाख अनुदानमा ट्रस्ट निर्माण गरेको उनको भनाइ छ । बाख्रापालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पालन गर्ने जानकारी दिए । स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रापालन किसान बस्नेतको भनाइ छ । फर्ममा उन्नतजातको बोयर बिउँ बोकासमेत रहेको छ ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?