Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ


२८ ,असार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् ।

उनले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन् । राष्ट्रपति पौडेलले वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै सुझाव दिएका थिए ।

सोहीअनुरुप उनले आज पूजाअर्चनासहित वर–पिपल रोपेका हुन् । राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोपेको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

राष्ट्रपति पौडेलले वर–पिपल रोपेको स्थानभन्दा तल पोखरी निर्माण गर्ने योजनासमेत बनाएका छन् ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?