Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा


२८ असार, कालीकोट । कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो । तर प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न बजेट माग गर्ने विषयमा कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

“सर्वदलीय र सर्वपक्षीय वैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल वजेट बिनियोजन गर्न माग गर्ने निर्णय भएको छ”, उनले भने, “आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको हो ।”


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?