Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एयर इन्डियाको विमानमा नेपाली यात्रुले चुरोट खाएर शाैचालयको ढोका फुटाए


२८ असार, काठमाडाैँ । एक नेपालीमाथि दिल्ली प्रहरीमा एक उजुरी परेको छ । टोरन्टोबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियको विमानका चालक दलका सदस्यमाथि दुर्व्यवहार गरेको र शाैचालयको ढोका फोडेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

पिडीत क्याबिन सुपरभाइजर आदित्य कुमारले दिएको उजुरीमा नेपालका महेश सिंह पण्डितले २६-इ सिट परिवर्तन गरेर २६-एफ मा गइ इकोनोमि क्लासका क्रु मेम्बरमाथि दुर्वव्यवहार गरेको उल्लेख गरिएको छ ।

आदित्य कुमारले उनले दुर्व्यवहार गरेपछि पाइलट कमाण्डमा खबर गरेर सामान्य चेतावनी दिइएको थियो । तर, उनीहरूले खाना खाइसकेपछि महेशलाई चुरोट, लाइटर र चुरोटको गन्ध सहितको अवस्थामा फेला पारेका थिए ।

उनले धक्कामुक्का गर्दै ३एफ-आरसी शाैचालयको ढोका फुटाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् । पाइलटले निर्देशन दिएपछि अर्का क्रु पुनित शर्मा र चार यात्रुहरूको सहयोगमा महेशलाई नियन्त्रण गरिएको थियो।

दिल्ली प्रहरीले इन्डियन पेनल कोडको ३२३/५०६/३३६ धारा अन्तर्गत उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाएको जानकारूी दिइएको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?