Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

एयर इन्डियाको विमानमा नेपाली यात्रुले चुरोट खाएर शाैचालयको ढोका फुटाए


२८ असार, काठमाडाैँ । एक नेपालीमाथि दिल्ली प्रहरीमा एक उजुरी परेको छ । टोरन्टोबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियको विमानका चालक दलका सदस्यमाथि दुर्व्यवहार गरेको र शाैचालयको ढोका फोडेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

पिडीत क्याबिन सुपरभाइजर आदित्य कुमारले दिएको उजुरीमा नेपालका महेश सिंह पण्डितले २६-इ सिट परिवर्तन गरेर २६-एफ मा गइ इकोनोमि क्लासका क्रु मेम्बरमाथि दुर्वव्यवहार गरेको उल्लेख गरिएको छ ।

आदित्य कुमारले उनले दुर्व्यवहार गरेपछि पाइलट कमाण्डमा खबर गरेर सामान्य चेतावनी दिइएको थियो । तर, उनीहरूले खाना खाइसकेपछि महेशलाई चुरोट, लाइटर र चुरोटको गन्ध सहितको अवस्थामा फेला पारेका थिए ।

उनले धक्कामुक्का गर्दै ३एफ-आरसी शाैचालयको ढोका फुटाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् । पाइलटले निर्देशन दिएपछि अर्का क्रु पुनित शर्मा र चार यात्रुहरूको सहयोगमा महेशलाई नियन्त्रण गरिएको थियो।

दिल्ली प्रहरीले इन्डियन पेनल कोडको ३२३/५०६/३३६ धारा अन्तर्गत उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाएको जानकारूी दिइएको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?