Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

झ्याप्प झ्याप्प बत्ती जाँदा उपभोक्ता समस्यामा


२८ असार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पूर्वसूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ ।

मध्यविन्दु–३ का रामचन्द्र पौडेलले बिना सूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको बताए । “सूचना बिना विद्युत् कटौती हुने गरेको छ । यसरी झ्याप्प बत्ती जाने र आउने गर्दा धारामा जडान गरिएको मोटर नै बिग्रियो”, उनले भने, “जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको छ ।” कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पङ्खा, फ्रिज, मोटरलगायतका विद्युतीय उपकरणमा बिग्रने गरेको उनले बताए ।

“लोडसेडिङ कटौती भयो भन्नुमात्रै भएको छ”, उनले भने, “तर लोडसेडिङको तालिका भने नदिँदा अहिले कुन बेला बत्ती जाने हो, कुन बेला आउने हो पत्तै हुँदैन, यसको मार विद्युतीय उपकरणमा परेको छ ।” उनले दैनिक आठ–नौ घण्टासम्म लोडसेडिङ हुन थालेको बताए ।

गैँडाकोट–१० का सीता रेग्मीले हावाहुरी चल्ने वित्तिकै बत्ती जाने गरेको गुनासो गरे । “सानो हावाहुरी वा पानी प¥यो भने बत्ती जान थालेको छ”, उनले भने, “बत्ती जाने र आउने समयको कुनै ठेगान नभएपछि छिमेकमा धेरैले इन्भर्टर जडान गर्न थालेका छन् ।”

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका इञ्जिनियर तिलकराम थनेतले जिल्लामा आपूर्तिभन्दा विद्युत्को माग बढी हुँदा ट्रिपिङको समस्या देखिएको बताए । “भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन ओभरलोड भइरहेको छ”, उनले भने, “यहाँ प्रवाह हुने विद्युत्ले नधान्दा इलेक्ट्रिसिटी ट्रिपिङ भइरहेको छ ।” भरतपुर–बर्दघाट प्रसारण लाइनको विकल्पमा अर्को प्रसारण लाइन सञ्चालनमा नआएसम्म जिल्लामा ट्रिपिङको समस्या समाधान गर्न कठिनाइ भएको उनको भनाइ छ ।

“भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चार्ज भएको छैन”, उनले भने, “यो प्रसारण लाइन चार्ज भएपछि भने उपभोक्ताले सहजरुपमा विद्युत् उपभोग गर्न पाउँछन् ।” अहिले गर्मी महिनामा विद्युत्को माग अत्यधिक हुने भए पनि विद्युत् प्रवाह हुने रुट (प्रसारण लाइन)को क्षमता थोरै हुँदा उपभोक्ताले ट्रिपिङको समस्या झेल्नुपरेको उनको भनाइ छ ।

“पूर्व– पश्चिममा विद्युत् प्रवाह नियमित भइरहेको छ”, उनले भने, “माग अत्यधिक भएको गण्डकी र लुम्बिनी प्रदेशमा भने उपभोक्ताले ट्रिपिङको समस्या खेप्नुपरेको छ ।” उपभोक्ताको समस्या आफूहरुले बुझे पनि जिल्लाबाट समस्या समाधान गर्न सम्भव नभएकाले केन्द्रसँग समन्वय गरिरहेको उनले बताए । “अहिले मागभन्दा आपूर्ति कम भइरहेको छ”, उनले भने, “बिजुली बग्ने हाइवे भएन । ट्रान्समिसन लाइन पर्याप्त नभएपछि साँघुरो रुटमा थोरैमात्रै विद्युत् प्रवाह हुन्छ ।”

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम तीव्ररुपमा भइरहेकाले उपभोक्ताको समस्या चाँडै नै समाधान हुने उनले बताए । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा ट्रान्समिसन लाइनको टावर निर्माण पश्चात हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आउने उनको भनाइ छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?