Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र


२७ ,असार ,चितवन। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ । आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो ।

विसं २०५१ मा जिल्लामा पहिलो आयुर्वेद केन्द्र स्थापना भएको थियो । आयुर्वेद सेवाप्रति बिरामीको आकर्षणसँगै केन्द्र थप गर्नका लागि सेवाग्राहीको माग बढेको हो । कार्यालय प्रमुख डा कोपिला अधिकारीले भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिकामा केन्द्र थप गर्नका लागि माग बढेको जानकारी दिईन् ।

आगामी आर्थिक वर्ष माडी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गर्न स्वास्थ्य केन्द्रले स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको उनले जानकारी दिईन् । बजेटको अवस्था र मन्त्रालयको अनुमति भए भरतपुर महानगरमा थेरापीसहितको केन्द्र र खैरहनीमा समेत नागरिक आरोग्य केन्द्र थप गरिने उनले बताईन् ।

आवश्यकता महसुस भए र बजेटले सम्बोधन गरे तीन स्थानमा नै सञ्चालन गर्न सकिने उनको भनाइ छ । आगामी आवमा एक स्थानमा मात्रै केन्द्र थप्ने योजनामा रहेको अधिकारीले बताईन् । अहिले जिल्लाका सात पालिकामा नै सेवा दिँदै आएको स्वास्थ्य केन्द्रले सेवालाई चुस्त र गाउँगाउँमा पुर्याउने लक्ष्य लिएको छ ।

अहिले उपचार केन्द्र चार वटा, आठ वटा औषधालय र एउटा स्वास्थ्य केन्द्रबाट सेवा दिँदै आइरहेको छ । जनताको माग बढेसँगै विगत तीन वर्षदेखि केन्द्र विस्तारको काम गरिँदै आइएको उनको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य केन्द्र, उपचार केन्द्र र औषधालयबाट चालु आवको जेठ मसान्तसम्ममा ५० हजार एक सय ८३ जनाले सेवा लिएका छन् ।

बिरामीको चाप बढेसँगै सरकारले प्रादेशिक आयुर्वेद अस्पताल निर्माणको कामलाई तीव्र बनाएको छ । रत्ननगर नगरपालिकामा १० कठ्ठा जग्गामा अस्पताल निर्माणको कामलाई तीव्र बनाइएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने उद्देश्यका साथ भवन निर्माणको कामलाई तीव्र बनाइएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत रु १३ करोडको लागतमा भवन निर्माण गर्न लागिएको हो । तीन वटा भवन निर्माणका लागि सम्राट इन्जिनियरिङ निर्माण सेवा पिप्ले राप्ती चितवनले ठेक्का सम्झौता गरी कामलाई अघि बढाएको छ ।

अहिलेसम्म निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले जानकारी दिईन् । नवनिर्मत भवनमा एउटा तीन तलाको र दुई वटा दुई तलाको हुनेछ । यहाँ थेरापी ब्लक, प्रशासन भवन, ओपिडी भवन र प्रयोगशाला रहने उनले बताईन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?