Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मनाङ एयरको हेलिकप्टर दुर्घटना : नेपाल घुम्न आएको परिवार नै एकै ठाउँमा अस्तायो


२६ असार, सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउने पाँच जना एकै परिवारको भएको पाइएको छ ।

उनीहरू भारत घुम्न आएका र त्यहाँबाट भिजिट भिसामा आइतबार एयर इन्डियाको जहाजमा काठमाडौं आएको पाइएको छ ।

उनीहरू सोमबार लुक्ला गएको रेकर्डबाट देखिएको छ । उनीहरू माउन्टेन फ्लाइट सकेर हिजो नै काठमाडाैँ फर्किने तयारीमा थिए । तर, माैसम खराब भएका कारण आज मात्रै फर्किन लागेका थिए ।

तर, बिहान १० बजे उडेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्यो । जसमा नेपाली पाइटत चेत बहादुर गुरूङसहित मेक्सिकोका फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसले ज्यान गुमाए ।

उनीहरूमध्ये दुई जना आमा-बुवा र तीन जना छोराछोरी भएको बताइएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?