Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट : छ जनाको शव काठमाडौं ल्याउने तयारी


२६ असार, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयसको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजराको च्यानडाँडामा दुर्घटना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङले र पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् ।

प्रजिअ भट्टराईले मृतक सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको बताउनुभयो । स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउना साथ सोलुदुधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो ।

मृतकको शव काठमाडौं लैजनका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना स्थल पुग्न सकेको छैन ।

अल्टिच्युट एयरको दुई हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसममा सुधार हुनासाथ घटनास्थल पुग्ने प्रजिअ भट्टराइको भनाइ छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?