Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जातभन्दा माथि नौमती बाजा


दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ । हाल नौमती बाजा जातभन्दा माथि उठेको छ । कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समुदायका पुरूषमात्रै होइन, महिलाले पनि बढो गर्वका साथ बजाउन थाल्नुभएको छ ।

झापाको कन्काई नगरपालिका–१ स्थित कन्काइ नमूना नौमती बाजा समूह नौमती बाजा बजाउन मुलुकको कैयौँ स्थानको भ्रमण गरिसकेको छ । विराटनगरमा बिहीबार सिएनआइ एक्स्पो–२०७९ को उद्घाटन समारोहमा बाजा बजाउन आएको यो समूहले धेरै अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको थियो । ठाउँ–ठाउँ पुगेर नौमती बाजा बजाएर उद्यमशीलताको प्रवद्र्धनमा महिला समूहको योगदान देखेर अन्य महिलामा पनि केही गरौँ भन्ने प्रेरणा जागेको छ । महिलाले नौमती बाजाका रूपमा सहनाई, कर्नाल, झ्यालीलगायतका बाद्ययन्त्र बजाएको हेर्न सर्वसाधारणको भीड लागेको थियो । दलितले मात्र बजाउन मिल्ने भन्ने बाजा बाहुन–क्षेत्री महिलाले पनि बजाएको देखेर महोत्सवका सहभागी दङ्ग भएका थिए । समूहकी नेतृत्वकर्ता अनु दाहालले कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँले लोप हुन लागेको नौमती बाजा सिक्न र बजाउन प्रेरित र प्रोत्साहन गरेको बताउनुभयो । दाहालले गाउँसमाज, घरबाट नौमती बाजा सिक्न र बजाउन हौसला पाएको बताउनुभयो । समूहमा २५ जना सदस्य रहे पनि १४ जनाले नौमती बाजा बजाउन सिक्नुभएको छ । नौमती बाजा सिकेपछि समूहको आयमा पनि मनग्य वृद्धि भएको छ । विवाह, व्रतबन्ध, गुन्यू चोलो, पास्नीलगायतका धार्मिककार्यका लागि समूहलाई धेरै अनुरोध आउन थालेको छ । समूहका सदस्य सीता अधिकारीले हाल महिला र पुरूष दुवै बराबर भएको र विभेदका कुरा पुरानो भइसकेको बताउनुभयो ।

उहाँले सुरू–सुरूमा केही स्थानीयवासीले महिलाले बाजा बजाउँदै सडकमा हिँड्ने भन्दै व्यङ्ग्य गरे पनि हाल तिनीहरूले पनि आफ्नो घरको कार्यक्रममा बोलाउने गरेको बताउनुभयो । समूहका अर्का सदस्य मञ्जु सापकोटाले नौमती बाजा बजाएर आफूलाई गर्व महसुस हुने बताउनुभयो । उहाँले एउटा कार्यक्रममा रु २० देखि ३५ हजारसम्म पारिश्रमिक लिने बताउनुभयो । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल हुन्छ ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?